• २०८१ बैशाख २६ बुधबार

बाराको निजगढमा बेवारिसे शव फेला

kharibot

बारा । बाराको निजगढमा बेवारिसे अवस्थामा एक जना पुरूषको शव फेला परेको छ ।
जिल्लाको निजगढ नगरपालिका वडा नं.८ स्थित जिल्ला ट्रफिक प्रहरी कार्यलय, बाराको कार्यालय नजिकै झाडिमा सनाखत नभएको पुरुषको शव आइतवार बिहान फेला परेको हो ।

अन्दाजी करिब ५५ वर्षीय पुरुषको शव तामागढीमा जाने स्थानीयले देखे पछि ईलाका प्रहरी कार्यलय, निजगढमा जानकारी गराएका थिए । कालो वर्णको, दाह्री पालेको, तत्काल नामथर, ठेगाना नखुलेको, उनी सो क्षेत्रमा बारम्बार देखा पर्ने, मानसिक सन्तुलन ठिक नभएका ती व्यक्ति रहेको स्थानीयले बताएका छन् ।

भोक र जाडोका कार उनको मृत्यु भएको हुँन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै