• २०८१ बैशाख १४ शुक्रबार

श्वेता र दयाको फिल्म ‘कान्छी’ को ट्रेलर रिलिज (भिडियो सहित)

kharibot

काठमाडौँ । अभिनेत्री स्वेता खड्काले निर्माण गरेको प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर रिलिज गरिएको छ । मंगलवार काठमाण्डौको क्यूज हलमा आयोजना भएको कार्यक्रममा फिल्मका कलाकार र निर्माणपक्षको उपस्थितीमा ट्रेलर सार्वजनिक गरियो । 

 यस अघि सार्वजनिक भएका २ गीतबाट चर्चामा आएको यो फिल्मको ट्रेलर कलरफूल रहेको छ । ‘कान्छी’ लाई 'कोहिनूर' निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिल्मका प्रमुख कलाकार हुन् । 

यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैंले निर्माण गरेकी हुन् ।
 

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । 'कोहिनूर'पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । फिल्म आगामी फागुन ४ गते गरे रिलिज हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै