• २०८१ जेठ ६ आइतबार

नेपाल फाइनान्सको हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त

kharibot

काठमाडौँ। नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । 

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो । १ कित्ता बराबर ०.७० कित्ता हकप्रद निश्कासन गरेपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय