• २०८१ बैशाख १६ आइतबार

श्री एयरलायन्सको विमान रनवेमा चिप्लियो !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । नेपालगञ्जका लागि उडान भर्नेक्रममा श्री एयरलायन्सको विमान त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको रनवे बाट चिप्लिएको छ । 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ ।“जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ ”, उनले भने ।

जहाज उडानका लागि कुनै समस्या नरहएको पनि प्रवक्ता शेर्पाले जानकारी दिए । उनले भने,“झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ । उडान अवतरणमा कुनै समस्या हुदैन ।”  

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।

मंगलबार बिहान साढे नौ बजे ७६ यात्रुसहित नेपालगञ्ज उडान भर्ने क्रममा यो घटना भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै