• २०८३ कार्तिक ३० सोमबार

त्रिभुवन विमानस्थलबाट साढे तीन किलो गाँजासहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट साढे तीन किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । भारतको नयाँदिल्लीबाट नेपाल आएका एक भारतीय नागरिकलाई ३ किलो ५०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थलस्थित प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरेको हो ।

ब्युरोका अनुसार नयाँदिल्लीबाट नेपाल आएका सलमानले आफ्नो सुटकेसभित्र प्लास्टिकको झोलामा लुकाएर थाई गाँजा ल्याएका थिए। शङ्का लागेपछि प्रहरीले उनको सामान जाँच गर्दा ३.५ किलोग्राम गाँजा बरामद गरेको हो ।

पक्राउ परेका सलमान र बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै