• २०८१ बैशाख २८ शुक्रबार

डी मारियाको निर्णायक गोलमा पिएसजी विजयी

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लिलेमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एन्जल डी मारियाको निर्णायक गोलमा पिएसजीले लिलेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३१औं मिनेटमा जोनाथन डेभिडको गोलमा लिलेले शुरुवाती अग्रता लिएकोमा मार्क्युन्होजको गोलमा खेलको ७४औं मिनेटमा पिएसजीले खेल बराबरी गरेको थियो ।

त्यसपछि खेलको ८८औ मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीलाई जित दिलाएका थिए ।

किलियन एम्बाप्पे नखेलेको यस खेलमा लियोनेल मेसी पहिलो हाफ मात्र खेलेका थिए । उनको मसल्समा समस्या भएपछि उनी दोस्रो हाफ खेलेका थिएनन् ।

यो जितपछि पिएसजीको १२ खेलमा ३१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।त्यस्तै लिलेको १२ खेलमा १५ अंक रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै