• २०८१ बैशाख २१ शुक्रबार

दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार

kharibot

लण्डन । विश्व प्रतिष्ठीत बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ । 

चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार गरिएको हो । सो पुस्तकमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको विषयलाई उल्लेख गरिएको छ । यो उहाँको नवौँ पुस्तक हो । 

यसअघि सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि उनी मनोनयनमा परेका थिए । तर पुरस्कार जित्न भने सक्नु भएको थिए । उहाँलाई बुधवार एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार प्रदान गरिएको छ । 

निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले उपन्यासमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको विगत ४० वर्षको इतिहास उत्कृष्ट किसिमले बुनिएकाले पुरस्कारका लागि छनौट गरिएको जानकारी दिए । 

“पुस्तकमा उत्कृष्ट शैली छ, उत्कृष्ट विचार छन् र यो संरचना र साहित्यिक शैलीमा उल्लेखनीय ध्यान दिएर सोच्न बाध्य बनाउने कुरा छन,” उनले भने । 

एउटा श्वेत परिवारले आफ्नी अश्वेत सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचाका आधारमा कितावको नामाकरण गरिएको हो । 

श्वेत सरकारको जातीय भेदभाव अन्त्य गरिएपछि अपूर्ण रहेका प्रतिबद्धतालाई पुस्तकमा विस्तृतमा उजागर गरिएको छ । 

प्रिटोरियामा हुर्किएका ५७ वर्षीय लेखक गाल्गोटले अफ्रिकी समाजका फरक फरक पुस्ता र राजनीतिक परिस्थीतिलाई पुस्तक मार्फत झल्काएका छन् । 

पुस्तक लेख्न धेरै समय र धेरै मेहनेत लागेको बताउदै उनले त्यो मेहनेतको फल अहिले पाएको अनुभूती भएको अनुभव सुनाए । 

उनले १७ बर्षको उमेरमै आफुले पहिलो उपन्यास लेखेको जानकारी दिए । निरन्तरको लेखाइका कारणले पनि आफु खारिँदै गएर अहिले यती ठूलो पुरस्कार पाउने अवसर जुटेको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै