• २०८१ बैशाख १९ बुधबार

कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

kharibot

प्रतिनिधी तस्वीर

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ फलाम्दीबाट ११ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कौडा खेलिरहेको अवस्थामा प्रहरीले आज ११ जनालाई पक्राउ गरेको हो । 

खड्कबहादुर आलेको घरमा कौडा खेलिरहेका भरत आले, डिलबहादुर आले, लीलाबहादुर थापा, अनिल थापा, राजकुमार आले, ज्ञानबहादुर थापा, गजेन्द्र थापा, शङ्करबहादुर थापा क्षेत्री, रुपनारायण मल्ल र भीमसेन नारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।

प्रहरीले १६ थान कौडा र नगद रु ४५ हजार ३२० बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै