एपिएफलाई पछि पार्दै थ्रीस्टार रारा गोल्ड कपको सेमीफाइनलमा

खरीबोट

पोखरा । पोखरामा जारी १६ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै रुस्लान थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको छ । 

थ्रीस्टार एपिएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित र थप समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । थ्रीस्टारका लागि रञ्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे । एपिएफका लागि नवीन लामा, अञ्जन विष्ट र रञ्जन विष्टले गोल गरे । 

एपिएफका राजेन्द्र रावलले हानेको बललाई थ्रीस्टारका किपर एलेन न्यौपानेले गोल हुनबाट रोकेका थिए । न्यौपाने नै आजको खेलमा उत्कृष्ट खेलाडी घोषित बने । 

थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले हालै इटहरीमा खेलेर आएका कारण खेलाडी थकित अवस्थामा रहे पनि टाइबे्रकरलाई पूर्णरुपमा सदुपयोग गर्न सकिएको बताए । 

एपिएफ क्लबका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा नै खेलाडीबीच तालमेल मिल्न नसकेको बताउँदै दोस्रो हाफमा पनि गोलका अवसर उपयोग हुन नसकेको स्पष्ट पारे । मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार

महिला फुटबल टोली स्वदेश फर्कदै

काठमाडौँ। ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ

नेपाली महिला फुटबल टिम टोकियो ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा 

काठमाडौँ। नेपाली महिला फुटबल टोली टोकियो ओलम्पिकका लागि एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । एसियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक-एक गोलको बराबरी खेलेको

महिला फुटबलमा नेपाल भारतसँग भिड्ने

काठमाडौँ। ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बुधबार भारतसँग भिड्ने भएको छ । एशिया छनौट खेल्न नेपाली हाल म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश

अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल रद्द

काठमाडाँै / अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम


z