काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटमा अहिले संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ५ विकेट गुमाउदै १२७ रन बनाएको हो ।
युएईका लागि चमानी सेनेभीरत्नाले सर्बाधिक ५२ रन बनाएकी छन् भने थीर्था सतिशले ४७ रन बनाएकी छन् । त्यस्तौ कभिशा एगोडागले २२ रन बनाएकी थिइन् ।
नेपाल बलर कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता मगर र संगीता राईले एक एक विकेट लिएका थिए ।
नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन यो खेल जित्नै पर्न दबाबमा रहेका छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।
नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।