काठमाडौँ । आठ ओलम्पिक गोल्ड मेडल विजेता धावक उसेन बोल्टको व्यावसायिक फुटबल खेल्ने रहर अझै मेटिएको छैन । म्यान्चेस्टर युनाइटेडबाट फुटबल खेल्ने प्रयास गरिसकेका बोल्टले जर्मन लिगमा खेल्न ट्रायल दिने भएका छन् ।
रिपोर्टका अनुसार बोल्टले जर्मन लिगको डोर्टमण्ड क्लबका लागि आगामी मार्चमा ट्रायल दिने भएका छन् । एथलेटिक्सबाट गतबर्ष सन्यास लिइसकेका ३१ बर्षिय बोल्टले फुटबललाई क्यारियर बनाउन उत्साहित रहेको बताउदै आएका छन् ।
११ विश्व विजेता बोल्टले प्रतिक्रिया दिदै आफुले मनदेखि चाहेको केहि कुरा हुदै गरेको बताए । उनले ट्रायलपछि नै आफ्नो फुटबल क्यारियरको बारेमा निर्णय हुने बताउदै बोल्टले यसका लागि आफु उत्साहित रहेको बताए ।
बोल्टले डेभिड बेकहमलाई नयाँ क्लब खोलेको उपलक्ष्यमा बधाई दिदै यदि स्ट्राइकर चाहिएमा र गोल गर्ने व्यक्ति चाहिएमा आफु रहेको सन्देस पठाएका थिए ।