• २०८१ बैशाख २७ बिहीबार

च्याम्पियन्स लिगमा लिभरपुलको शतप्रतिशत जित

kharibot

काठमाडौं ।  लिभरपुल युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली इटाली क्लब एसी मिलानलाई प्रतिस्पर्धात्मक खेलमा २-१ गोल अन्तरले पराजित गरेको हो ।  

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र डिमोक ओरिजीले १-१ गोल गरेका थिए ।

खेलको २८औं मिनेटमा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि सो अग्रता मिलानले बचाउन असफल भएको थियो । 

यसपछि लिभरपुलका सलाहले ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए भने ओरिजीले ५५ मिनेटमा विजयी गोल गरे । 

हारसँग मिलानले प्रि-क्वाटरफाइनलमा पुग्ने अवसर गुमायो । जितसँगै लिभरपुल समूह चरणमा सत प्रतिशत जित निकाल्ने पहिलो इंग्लिस क्लब बन्यो ।

योसँगै लिभरपुलसहित रियल म्याड्रिड, इन्टर मिलान एटलेटिको म्याड्रिड, लिभरपुल, म्यानचेस्टर सिटी, अयाक्स, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, पिएसजी  र स्पोर्टिंग सिपि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै