• २०८१ जेठ १ मंगलबार

यु–१९ महिला साफ च्याम्पियनसिप: नेपाललाई हराउदै भारत फाइनलमा

kharibot

काठमाडौं । जारी यु–१९ महिला साफ च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्दी भारतसँग पराजित भएको छ । 

बंगलोदशको राजधानी ढाकामा सम्पन्न खेलमा भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो । 

यो जित पछि भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको ४ खेलमा ९ अंक भएको छ र फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै नेपाल भने अहिले अंक तालिकामा ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेपनि फाइनलमा पुग्ने नपुग्ने भने आजै हुने बंगलादेश र श्रीलंकाविरुद्धको खेलपछि हुने भएको छ । 

नेपाल हाल बंगलादेशसँग समान ७ अंक रहेपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । अब बंगलादेश श्रीलंकासँग पराजित भएमा मात्र नेपाल फाइनलमा पुग्ने छ ।  बंगलादेशले श्रीलंकासँग बराबरी खेलेमा पनि फाइनलमा पुग्ने छ । 

प्रतियोगितामा नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध गोलरहित बराबरीमा खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ५-० ले र तेस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै