• २०८१ बैशाख १६ आइतबार

पनामा पेपर्स प्रकरण फस्यो बच्चन परिवार, ऐश्वर्या रायसँग बयान लिइदै

kharibot

काठमाडौँ । विश्व चर्चित पनामा पेपर्स प्रकरणमा बच्चन परिवारको समस्या बढेको छ । आज बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन दिल्लीको लोकनायक भवनमा डिरोक्टोरेट ओफ इन्फोर्समेन्ट (इडी) समक्ष हाजिर हुने भएकी छिन् ।

भारतीय मिडियाहरुले इडीका अधिकारीहरूले रायसँग पानामा पेपर्समा खुलासा भएको लगानीका बारेमा सोधपुछ गर्न तयारी गरेका हुन् ।

पनामा पेपर्स प्रकरणमा भारतका करिब ५०० व्यक्ति संलग्न थिए । यस सूचीमा नेताहरू अभिनेता, खेलाडी, व्यापारी सबै वर्गका प्रतिष्ठित व्यक्तिहरूको नाम रहेको छ । यी व्यक्तिहरू कर छली गर्न विदेशमा लगानी गरेको आरोप रहेको छ । 

अभिषेक बच्चन पनि एक महिनाअघि अनुसन्धानमा सामेल भएका थिए । यसक्रममा अभिषेकले केही कागजातहरू इडी अधिकारीहरूलाई बुझाएका थिए । भारतीय मिडियाहरुले अमिताभ बच्चनसँग पनि इडीले बयान लिने तयारी गरेको उल्लेख गरेका छन् ।

२०१६ मा बेलायतमा पनामा-आधारित कानूनी फर्मको ११.५ करोड कागजातहरू सार्बजनिक भएको थियो । जसमा विश्वभरका ठूला नेता, व्यापारी र ठूला व्यक्तित्वको नाम सार्वजनिक भएको थियो । भारतको कुरा गर्दा झण्डै ५ सय जनाको नाम सार्वजनिक भएको थियो । यसमा बच्चन परिवारको नाम पनि समावेश छ । रिपोर्टका अनुसार अमिताभ बच्चनलाई ४ कम्पनीको निर्देशक बनाइएको थियो । तीमध्ये तीन बहामासमा थिए भने एक भर्जिन टापुमा थिए । यी कम्पनि १९९३ मा बनाइएको बताइएको छ । यी कम्पनीको पूँजी ५ हजारदेखि ५० हजार डलरसम्म थियो तर यी कम्पनीले ती जहाजको व्यापार गर्दै आएका थिए, जसको मूल्य करोडौं थियो ।

ऐश्वर्या यसअघि एउटा कम्पनीको निर्देशक बनेकी थिइन् । पछि उनलाई कम्पनीको सेयरधनी घोषणा गरियो । कम्पनीको नाम अमिक पार्टनर्स प्राइभेट लिमिटेड थियो । यसको मुख्यालय भर्जिन टापुमा थियो । ऐश्वर्याका अलावा बुबा के. राय, आमा वृन्दा राय र भाइ आदित्य राय पनि कम्पनीमा उनका साझेदार थिए । यो कम्पनी २००५ मा गठन भएको थियो । तीन वर्षपछि अर्थात् सन् २००८ मा कम्पनी बन्द भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय