• २०८१ बैशाख २३ आइतबार

रोनाल्डो युभेन्टसमा हुदा क्लबले आफ्नो डिएनए गुमाएको थियो- बुफोन

kharibot

काठमाडौँ । जियानलुइगी बुफोनले क्रिस्टियानो रोनाल्डो युभेन्टसमा हुदा क्लबले आफ्नो डिएनए गुमाएको टिप्पणी गरेका छन् ।

रोनाल्डोको रियल म्याड्रिडबाट २०१८ मा युभेन्टसमा आगमन पछिको प्रभावको बारेमा बुफोनले टिप्पणी गर्दै यस्तो बताएका हुन् ।

बुफोनले २०१८ मा रोनाल्डो आएपछि त्यस बर्ष च्याम्पियन्स लिग जित्ने अवसर रहेको भएपनि त्यसो हुननसकेको बताए ।

उनले भनेका छन्- 'युभेन्टसले पहिलो वर्ष च्याम्पियन्स लिग जित्ने मौका पाएको थियो, जब म पिएसजीमा थिए । तर के भयो मैले बुझ्न सकिन ।'

उनले अगाडी भनेका छन्- 'जब म युभेन्टस फर्किएँ मैले रोनाल्डोसँग दुई वर्ष काम गरे र हामीले राम्रो गर्यौं, तर मलाई लाग्छ कि युभेन्टसले आफ्नो टोलीको डीएनए गुमायो जब रोनाल्डो त्याँहा थिए । हामी २०१७ च्याम्पियन्स लिगको फाइनलमा पुग्यौं किनभने हामी अनुभवले भरिपूर्ण टोली थियौं, तर सबैभन्दा महत्त्वपूर्ण हामी टोली थियौं । हामीले त्यो फाइनल रोनाल्डोसँग हारेका थियौं ।'

युभेन्टसका खेलाडी लियोनार्डो बोनुचीले पनि यस अघि पहिले युभेन्टसका खेलाडीहरू अवचेतन रूपमा रोनाल्डोको आगमनपछि अत्यधिक निर्भर भएको टिप्पणी गरेका थिए ।

रोनाल्डो तीन सिजन युभेन्टसबाट खेल्दा दुइ सिजन इटालियन सिरी ए, एक कोपा इटालिया र दुई सुपर कोपा इटालियाको उपाधि जितेका थिए । रोनाल्डोले युभेन्टसका लागि कुल १३४ खेल खेल्दै १०१ गोल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै