काठमाडौँ । नेपालमा थप ५०८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४२०४ र एन्टीजेन परिक्षणबाट ८८३ गरि कुल ५०८७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.५ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ११५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३४७४ पिसिआर र ७०८६ नमुना एन्टीजेन परिक्षण गरि कुल २०५६० जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २३५ पुगेका छन् । त्यस्तै आइसीयुमा १११ जना छन् भने देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा ९४४ जना छन् भने होम आइसोलेसनमा १७ हजार २९१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।