• २०८१ बैशाख १६ आइतबार

नेप्सेमा ३८ अंकको गिरावट

kharibot

काठमाडौं । साताको कारोबारको चौथो दिन नेप्सेमा ३८ अंकको गिरावट आएको छ । बुधबार नेप्से ३८.३५ अंकले घटेर २८९८.३१  विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै बुधबार २२८ कम्पनीको ८४ हजार २३३ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ६ अर्ब  २ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोको भएको छ । यस कम्पनीको आज २० करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अरुण भ्याली हाइड्रोको २० करोडभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै उपसूचकको मुल्य घटेको छ ।

नेप्सेका अनुसार आज अन्य उपसूचकको सबैभन्दा बढी २.६७    प्रतिशतले घटेको छ भने आज ट्रेडिङ उपसूचकको मुल्य २.५४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज बुद्ध भूमि नेपाल हाइड्रोको सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने साम्लिंग पावरको ९.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज घलेम्दी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.३४  प्रतिशतले घटेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै