काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले एभर्टनलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा एस्टन भिल्लाले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
भिल्लाको जितमा खेलको पहिलो हाफको इन्जुरी समयमा एमी बुएनडियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि भिल्लाको २१ खेलमा २६ अंकसहित लिगको १०औं स्थानमा उक्लिएको छ भने एभर्टनको २० खेलमा १९ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।