काठमाडौँ । अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।
अफ्रिकाका २४ देश सहभागी प्रतियोगितामा समुह चरण हुदै अन्तिम १६ को प्रतिश्पर्धाबाट क्वाटरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको हो ।
क्वाटरफाइनलमा पुग्ने देशमा बुर्किना फासो, ट्युनिसिया, सेनेगल, इक्वेटोरियल गुइनी, गाम्बिया, क्यामरुन, इजिप्ट र मोरक्को रहेका छन् ।
अब क्वाटरफाइनलमा बुर्किना फासोले ट्युनिसियाको सामना गर्ने छ भने भने सेनेगलले इक्वेटोरियल गुइनीको सामना गर्ने छन् । त्यस्तै गाम्बियाले क्यामरुनविरुद्ध खेल्ने छ भने इजिप्टले मोरक्कोविरुद्ध खेल्ने छ ।
क्वाटरफाइनलका खेल जनवरी २९ र ३० मा हुने छन् ।