काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडर १-१ गोलको बराबरीमा रोकिएका हुन् ।खेलको छैटौं मिनेटमा ब्राजिलका लागि क्यासेमिरोले गोल गर्दै बराजिललाई अग्रता दिलाएपनि अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।
इक्वेडरका लागि कहल्को ७५औं मिनेटमा फेलिक्स टोरेजले गोल गर्दै बराबरी गरेका थिए ।
यस खेलमा खेलमा इक्वेडर र ब्राजिलक एक एक खेलाडीले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।
खेलको १५औं मिनेटमा इक्वेडरका एलेक्जेन्डर डोमीनगेजले रातो कार्ड पाएका थिए भने खेलको २०औं मिनेटमा ब्राजिलका एमर्सन रोयलले रातो कार्ड पाएका थिए ।
दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिल यसअघि नै छनौट भइसकेको छ । ब्राजिलको यो खेलपछि १४ खेलमा ३६ अंक रहेको छ भने ब्राजिल शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै इक्वेडरको १५ खेलमा २४ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ ।