• २०८१ बैशाख १६ आइतबार

भेनेजुएलामाथि उरुग्वेको फराकिलो जित, चौथो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत उरुग्वेले भेनेजुएलामाथि फराकिलो जित हासिल गरेको छ । 

बुधबार बिहान सम्पन्न खेलमा उरुग्वेले भेनेजुएलालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । 

उरुग्वेको जितमा रोड्रीगो बेन्टानचुर, जिओरजियन डी आरसकाएटा, एडिसन कभानी र लुइस स्वरेजले एक एक गोल गरेका थिए । 

त्यस्तै भेनेजुएलाका लागि जोसेफ मार्टिनजले एक गोल फर्काएका थिए । 

यो जितपछि उरुग्वे अंक तालिकामा चौथो स्थानमा उक्लिएर विश्वकप छनौटको सम्भावना बढाएको छ ।  उरुग्वेको १६ खेलमा २२ अंक छ । त्यस्तै भेनेजुएलाको भने १६ खेलमा १० अंक मात्र छ भने अंक तालिकामा पुछारमा रहेको छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट शिर्ष चार टिम सिधै विश्वकपमा छनौट हुने छन् । जसमा ब्राजिल र अर्जेन्टिना छनौट भैसकेका छन् । अंकतालिकामा पाँचौ हुने टिमले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्न पाउने छ ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै