• २०८१ बैशाख २२ शनिबार

दक्षिण सुडानमा पाँच जना राष्ट्रसंघीय सहायताकर्मी मारिए

kharibot

जुबा । संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो ।

मंगलबार संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी निकायले विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी गराएको हो ।

उक्त संयुक्त राष्ट्रसंघीय निकायले गत वर्षमात्र आफ्ना पाँच जना कर्मचारीले ज्यान गुमाएका र अरु कैयौँ अपहरण गरी पछि मुक्त गरिएको जनाएको छ  । दक्षिण सुडानमा सन् २०१३ बाट हिंसा सुरु भएयता धेरै नागरिकको ज्यान गएको छ । साथै यहाँ संयुक्त राष्ट्रसंघको मानवीय सहायताका क्षेत्रमा कार्यरत सहायताकर्मीहरु पनि मारिने क्रम जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै