• २०८१ बैशाख २१ शुक्रबार

जोफ्रा आर्चरलाई मुम्बई इण्डियन्सले किन्यो

kharibot

काठमाडौँ । ईङल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सबाट खेल्ने भएका छन् ।

जोफ्रालाई मुम्बईले मेगा अक्सनको दोस्रो दिन आइतबार ८ करोड भारतीय रुपैयाँमा किनेको हो ।

२६ बर्षिय तिब्र गतिका बलर जोफ्राले आइपिएलमा यस अघि राजस्थान रोयल्सबाट खेलेका थिए । यद्यपि उनी पछिल्लो समय इन्जुरीका कारण लामो समयदेखि मैदानबाट बाहिर रहेका छन् ।

जोफ्राको यस अक्सनमा न्युनतम मुल्य २ करोड रहेको थियो । उनको लागि राजस्थान रोयल्स, सनराइजर्स हैदरावादले पनि प्रयास गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै