काठमाडौँ । काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेको आशंका गरिएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो ।
सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे छ ।