• २०८१ बैशाख २८ शुक्रबार

पूर्वपश्चिम राजमार्गका तीन वटा पुल मर्मत गरिने

kharibot

बारा । बारा जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने तीन वटा पुलहरूको मर्मत हुने भएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गतका बकैया, पसाहा र बालगंगा पुल मर्मत हुने भएको हो । 

सडक डिभिजन कार्यालय हेटौंडा र न्यु टेक्निकल वाटर प्रुफिङ्ग एण्ड इन्फ्रा रिह्यब्लिटेशन प्रा.लि बिच पुल मर्मतको सम्झाैता भएको हो ।

केही दिन भित्रै पुल मर्मतको कार्य अघि बढाईंने र हाल बकैया, पसाहा र बालगंगा पुल मर्मत हुँदा सम्मलाई खोला हुँदै डाईभर्सन गरिने र डाईभर्सनको कार्य अगि बढाईएको न्यु टेक्निकलका प्रतिनिधि जिवन तिवारीले जानकारी दिएका छन् ।

उनले,”निजगढमा रहेको बकैया पुल सबै भन्दा लामो छ, त्यसैले हामी अगाडी यो पुल मर्मत गर्छौं र यो सँगै पसाहा र बालगंगा पुलको मर्मत कार्य समेत एकै साथ अघि बढाईंने छ । 

हामीले टालटुल गने होईन पुलको माथीकाे भागमा रहेको सबै कालोपत्र देखि भित्र रहेको रड समेत हटाएर मर्मत गर्नु पने हुँन्छ उनले भने, त्यसैले सबै पुल निर्माण हुँदा कम्तीमा ३ महिना समय लाग्छ ।”

तिवारीका अनुसार एक दुई दिन भित्रबाट नैं मर्मत कार्य सुरु गरिने बताईएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारामा भएका पुलहरु साँगुरो र जीर्ण भएका कारण घण्टौं सडक जामकाे समस्या हुँने गरेको छ । 

समय मैं पुल मर्मत नगरिंदा पुलमा भएका खाल्टाका कारणले यात्रु तथा चालकले लामो समय देखि सास्ती खेप्नु पर्ने बाध्यता रहेको र पुल कै कारण ट्राफिक जाम समेत हुने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै