• २०८१ जेठ ६ आइतबार

आईसीसी वरियतामा सन्दीप लामिछानेको १६ स्थान सुधार

kharibot

काठमाडौं । आइसीसी टी-२० बलिङ वरियतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् ।

आइसीसीले बुधबार जारी गरेको वरियतामा नेपालका लेग स्पिनर सन्दीप ठुलो छलाङ मार्दै वरियताको ४३औं स्थानमा उक्लिए । यसअघि उनी ५९औं स्थानमा थिए । 

यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरियताको ८६औं स्थानमा उक्लिए । यसअघि वरियताको ९८औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे ।

टी-२० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरियता सार्वजनिक गरेको हो । यद्यपि छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन । 

वरियताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत छन् । यस्तै, दोस्रो स्थानमा अस्ट्रेलियाका जस हेजलउड र तेस्रो स्थानमा इङ्ल्यान्डका आदिल रासिद पनि यथावत् छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै