• २०८१ बैशाख १६ आइतबार

ग्लोबल आइएमई बैंकको खराब कर्जा बढ्यो

kharibot

काठमाडौ । ग्लोबल आइएमई बैंकको खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । बैंककोचालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २६.६० प्रतिशतले घटेको छ ।

उक्त नाफा घटेर २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकका अनुसार यसअवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकोले खुद नाफा प्रभावित भएको हो । जसअनुसार एक वर्षको अवधिमा खराब कर्जा १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष यसैअवधिमा १ अर्ब १२ करोड ९१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४ अर्ब १३ करोड ६० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी भने ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड ७० लाख ७५ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले घटेर ११ रुपैयाँ ३१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय