• २०८१ बैशाख १८ मंगलबार

'ग्लोबल मनि विक' मा सिद्धार्थ बैंकद्वारा विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान

kharibot

काठमाडौँ । सिद्घार्थ बैंक लिमिटेडले विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२४ मार्च १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको 'ग्लोबल मनि विक २०२४' को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।  

यस वर्षको ग्लोबल मनी विक २०२४ को नारा ‘प्रोटेक्ट योर मनि, सेक्युर योर फ्युचर’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानहरुमा विद्यार्र्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइ विद्यार्र्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा एक हजार ७६० विद्यार्थीहरुको सहभागीता रहेको थियो । साथै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरु सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ३२४ जना विद्यार्थीहरुलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । 

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको हो । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान 'ग्लोबल मनि विक २०२४' को उद्देश्यहरुलाई प्राप्त गर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै