• २०८१ बैशाख १५ शनिबार

जुडो महासंघद्वारा भ्लादिमिर पुटिनलाई निलम्बन

kharibot

काठमाडौँ ।  अन्तर्राष्ट्रिय जुडो महासंघले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मानार्थ राष्ट्रपति र राजदूतको पदबाट निलम्बन गरेको छ ।

रुसका राष्ट्रपति जुडो 'ब्ल्याक बेल्ट' हुन् ।

यो निर्णय पछिल्लो समय रुसमाथि लगाइएका खेलकुदसँग सम्बन्धित 'प्रतिबन्धहरू' मध्ये एक हो । सेप्टेम्बरमा हुने रुसको फर्मुला वन ग्राण्ड प्रिक्स रद्द भएको छ ।

यो हप्ताको सुरुमा यो पनि घोषणा गरिएको थियो कि च्याम्पियन्स लिग २०२२ को फाइनल अब सेन्ट पिटर्सबर्गको सट्टा पेरिसमा खेलिनेछ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार रुसको विशेष बललाई धन्यवाद दिएका छन् । उनले भने- 'यी सेनाहरूले आफ्नो सैन्य जिम्मेवारीहरू साहसपूर्वक पूरा गरिरहेका छन् ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै