• २०८१ बैशाख १५ शनिबार

पुटिन लगातार पाँचौं पटक रुसको राष्ट्रपति निर्वाचित

kharibot

काठमाडौँ । भ्लादिमिर पुटिन लगातार पाँचौं पटक रुसको राष्ट्रपति बनेका छन् । मार्च १५–१७ मा भएको मतदानमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले ४ प्रतिशत मत पाए भने भ्लादिस्लाव दाभान्कोभ र लियोनिद स्लुत्स्की तेस्रो र चौथो स्थानमा रहे ।

नतिजा सार्वजनिक भएपछि पुटिनले अब रुस झन् शक्तिशाली र प्रभावशाली हुने टिप्पणी गरेका छन् । निर्वाचन अघि नै पुटिन विजयी हुने अनुमान गरिएको थियो । 

सन् २००० मा पुटिन पहिलो पटक रुसको राष्ट्रपति बनेका थिए । उनी सन् २००८ सम्म यो पदमा रहे । २०१२ मा तत्कालीन राष्ट्रपति मेदवेदेवले आफ्नो पार्टीलाई पुटिनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा उम्मेदवार बनाउन आग्रह गरेका थिए । यसपछि पुटिनले २०१२ को चुनाव जितेर सत्तामा फर्किए । त्यसयता उनी लगातार राष्ट्रपति पदमा रहेका छन् ।

रुसी संविधानमा कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्था रहेको थियो । तर उनले संबिधानमा संशोधन गरेर अब २०३६ सम्म आफु राष्ट्रपति बन्न सक्ने व्यवस्था गरेका छन् भने राष्ट्रपतिको कार्यकाल ४ बाट ६ वर्षमा बढाउन समेत संविधान संशोधन गरिएको छ । 

जनवरी २०२० मा, पुतिनले संवैधानिक संशोधन मार्फत दुई कार्यकालको राष्ट्रपतिको सीमा समाप्त गरे । यसलाई सही प्रमाणित गर्न पुटिनले जनमत संग्रह गराए ।

योसँगै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ । यससँगै पुटिन सोभियत संघमा झण्डै तीन दशक शासन गरेका स्टालिनभन्दा अगाडि हुनेछन् ।

रूसको संसद, जसलाई संघीय सभा भनिन्छ, पनि भारत जस्तै दुई भाग छ। माथिल्लो सदनलाई महासंघको परिषद् भनिन्छ र तल्लो सदनलाई राज्य ड्यूमा भनिन्छ। रसियामा राष्ट्रपति पद सबैभन्दा शक्तिशाली मानिन्छ । शक्तिको नाममा दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति प्रधानमन्त्री, तेस्रो शक्तिशाली व्यक्ति संघीय परिषद् (माथिल्लो सदन) का अध्यक्ष हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै