• २०८१ बैशाख २४ सोमबार

लाङटाङ निकुञ्जले बरामद भरुवा बन्दुक प्रहरीलाई बुझायो

kharibot

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले बरामद गरेको भरुवा बन्दुक प्रहरीलाई बुझाइएको छ । निकुञ्ज क्षेत्रमा विभिन्न समयमा फेला परेका भरुवा बन्दुक प्रहरीलाई बुझाइएको हो ।

बुधबार सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दलाई बन्दुक हस्तान्तरण गरेका छन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार निकुञ्जको विभिन्न समयमा विभिन्न स्थानमा ठुलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक २ थान र भरुवा बन्दुकको नाल २ थान फेला पारिएको थियो । 

बेवारिसे अवस्थामा फेला पारिएका हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको भट्टराईले बताए । निकुञ्जले टुर गस्तीलगायतको संरक्षण सम्बन्धी कार्यक्रम सशक्त रूपमा सञ्चालन गरेको अवस्थामा चोरी सिकार गर्नेले बेवारिसे अवस्थामा छोडेर भागेका हुनाले हतियार नियन्त्रणमा आएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै