• २०८१ जेठ ६ आइतबार

भरुवा बन्दुकसहित ६ जना पक्राउ

kharibot

बागलुङ। जैमिनी नगरपालिका-८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट १ थान भरूवा बन्दुकसहित सोही नगरपालिका-८ बस्ने बाँके राप्ती सुनारी गाउँपालिका-१ घर भएका ३२ वर्षीय बिष्णु कुमाल समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भरूवा बन्दुक पडकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय