• २०८१ बैशाख १६ आइतबार

भैरहवाका भुपेन्द्र भए नेपाल आइडल- ४ को विजेता

kharibot

भैरहवा । नेपाल आइडल सिजन- ४ को विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन् । 

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएको  ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सकेका हुन  । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित पुरस्कृत भएका छन ।

थापा टप पाँचमा परेपछि गत साता भैरहवामा भोटको अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् । 

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् ।

झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै