• २०८१ बैशाख १५ शनिबार

ह्याकरहरू पनि लड्दैछन् रुस-युक्रेन युद्धमा

kharibot

काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कमजोर बनाउन ह्याकरको समुह एनोनिमसको रुसमाथि लगातार आक्रमण गरिरहेको छ । एनोनिमसको ब्यानरमा काम गरिरहेका धेरै व्यक्तिहरूले बीबीसीसँग कुरा गर्दै आफ्नो मनसाय र रणनीति बताएका छन् ।

रुसको युक्रेनमा आक्रमण सुरु भएदेखि, रूसी वेबसाइटहरूमा धेरै साइबर आक्रमणहरू भएका छन् । यसैबीचमा एक रूसी टिभी नेटवर्कमा गरिएको साइबर आक्रमण भएन अलि फरक छ ।

यो साइबर आक्रमण टिभीमा छोटो भिडियो क्लिप प्रशारण भएको देखिन्छ । टिभी नेटवर्कको सामान्य तालिका गडबड हुन्छ र युक्रेनमा बम विष्फोटका तस्वीरहरू स्क्रिनमा देखा पर्छन् । भिडियोमा सैनिकहरू युद्धको भयावहताको बारेमा कुरा गरिरहेको पनि देखिन्छ ।

सो भिडियो फेब्रुअरी २७ मा ह्याकर समुह एनोनिमसको एकाउन्टबाट सामाजिक सञ्जालमा समेत पोस्ट गरिएको थियो र एनोनिमसले रुसको सरकारी टिभी च्यानल ह्याक गरी युक्रेनमा भएको सत्य देखाइएको दाबि गरिएको थियो ।

यो भिडियो केही दिनमै लाखौंले हेरिसकेका छन् । यो काममा एनोनिमसको ह्याकिङ मेथडको छाप देखिन्थ्यो । बेनामी समूहका बाँकी ह्याकहरू जस्तै, यो स्वतन्त्र रूपमा प्रमाणित गर्न भने गाह्रो छ ।

बेनामी ह्याकरहरूको सानो समूहले सो ह्याक गरेको र रुसी च्यानलको प्रसारणको १२ मिनेट नियन्त्रणमा लिएको दाबि गरेका छन् ।

ह्याकरहरूले युक्रेनमा सयौं निर्दोष मानिसहरू मारिने भएकाले आफूले गरेको काम सही भएको तर्क गरिरहेका छन् । ह्याकरहरूले भनेका छन्- 'यदि युक्रेनमा शान्ति स्थापना गर्न केही गरिएन भने, हामी रुसमाथि साइबर हमलाहरू तिब्र पार्नेछौं ।' उनीहरुले रूसी वेबसाइटको नियन्त्रण लिए र रूसी सरकारको डाटा पनि प्राप्त गरेको दाबि गरेका छन् । तर साइबर सेक्युरिटी कम्पनिहरुले अहिले रुसमा गरिएका धेरैजसो साइबर आक्रमणहरू एकदमै साधारण प्रकृतिका रहेको बताएका छन् ।

ह्याकरहरूले सामान्यतया डीडीओएस आक्रमणहरू गरिरहेका हुन्छन्, जसमा वेबसाइटको सर्भर जाम हुन्छ । तर टिभी ह्याक गर्नुलाई बहने एकदमै जटिल काम भनिएको छ भने यो गर्न धेरै सजिलो नभएको र धेरै रचनात्मक रहेको साइबर विज्ञहरुले टिप्पणी गरेका छन् ।

एकातिर ह्याकरहरुले युक्रेनको समर्थनमा कम गरेको प्रति धेरै नकारात्मक टिप्पणी खेप्नु परेको छैन भने अर्को तर्फ यस्ता साइबर आक्रमणका कारण युद्धमा तनाव बढाउन सक्नेप्रति पनि साइबर सुरक्षा विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

एनोनिमस ह्याकर को हुन् ?

ह्याकरहरूको यो समूह पहिलो पटक सन् २००३ मा वेबसाइट 4chan मार्फत सार्वजनिक भएको थियो । यो समूहको नेतृत्व छैन । समूहले आफ्नो बारेमा भन्छ- हामी विभिन्न ठाउँबाट काम गर्ने सेना हौं । जो कोहीले पनि यस समूहको हिस्सा भएको दाबी गर्न र कुनै पनि उद्देश्यका लागि ह्याकिङ गर्न सक्छन् । तर सामान्यतया यो समूहले शक्ति वा शक्तिको दुरुपयोग गर्ने सरकार र संस्थाहरूलाई लक्षित गर्छ ।

यिनीहरुको प्रतीक एलन मूरको उपन्यास 'वी फर वेन्डेटा' बाट प्रसिद्ध भएको 'गाय फकी मास्क' हो । यस समूहसँग धेरै सामाजिक मिडिया खाताहरू छन् र ट्विटरमा मात्र १५ मिलियनभन्दा बढी फलोअरहरू छन् ।

एनोनिमस हालका वर्षहरूमा धेरै सक्रिय थिएन । युक्रेनी प्रविधि व्यवसायी रोमन अब ह्याकरहरूको समूहको नेतृत्व गर्छन्। रुसले युक्रेनमा आक्रमण गर्नुअघि एनोनिमससँग उनको कुनै सम्बन्ध थिएन ।

रोमन बताउँछन् कि जब उनी र उनको टोलीले रूसी समाचार सेवा टासको वेबसाइटमा पुटिन विरोधी पोस्टर राखेका थिए, तिनीहरूले यसमा एनोनिमसको लोगो प्रयोग गरे ।

युक्रेनको राजधानी कीभमा रहेको छ तले भवनबाट रोमीहरू काम गर्छन् । उनी आफ्नो टोलीसँग समन्वय गरेर काम गर्छन् । उनको टोलीले वेबसाइटहरू, एन्ड्रोइड एपहरू र टेलिग्राम बटहरू बनाउँछ र उनीहरूले यसबार युद्धमा सहयोग गरिरहेको विश्वास गर्छन् । उनको टोलीले रूसी वेबसाइटहरू आक्रमण गर्न जारी राखेको छ ।

उनी भन्छन्- 'म युक्रेनका लागि लड्न बन्दुक उठाउन तयार छु तर मलाई लाग्छ कि मेरो क्षमता कम्प्युटरको साथ प्रयोग गर्नु राम्रो हो । म यहाँ मेरो अपार्टमेन्टमा छु र मेरो दुईवटा ल्यापटपहरू सधैं राख्नको लागि अड्किएको छु । प्रविधिको साथ ।'

उनले रूसमा क्षेत्रीय रेल टिकट सेवा केही घण्टाको लागि अवरुद्ध गरेको समेत दाबि गरेका छन् । आफू वा परिवार र आफन्तलाई कुनै खतरा नभएसम्म मात्रै यस्ता कुरा गलत हुने उनको भनाइ छ ।

पोल्यान्डको ह्याकिङ समूह स्क्वाड ३०३ पनि एनोनिमससँग उभरिरहेको छ । यो दोस्रो विश्वयुद्धको समयमा पोल्याण्ड स्क्वाड ३०३ को प्रसिद्ध सैन्य टुकडीपछि नामकरण गरिएको हो । 'हामी एनोनिमससँग नजिकबाट काम गर्छौं र अब म आफूलाई एनोनिमस समूहको हिस्सा ठान्छु ।' दोस्रो विश्वयुद्धका पाइलट जान जुम्बाचको नाम प्रयोग गर्ने ह्याकर समूहका एक सदस्यले बिबिसीसँग भने ।

दिनमा राइफल लिएर ब्यारिकेडमा उभिने र रातमा एनोनिमससँग मिलेर ह्याकिङ गर्ने गरेको समेत केहि ह्याकरहरुले बताएका छन् ।

स्क्वाड ३०३ ले एउटा वेबसाइट बनाएको छ जसको माध्यमबाट सर्वसाधारणले रुसी मोबाइल नम्बरमा सिधा सन्देश पठाएर युद्धको अवस्थाबारे जानकारी गराउन र सत्य कुरा बताउन सक्नेछन् । आफ्नो वेबसाइटबाट हालसम्म २० लाखभन्दा बढी एसएमएस र ह्वाट्सएप म्यासेज आएको उनको दाबी छ ।

यसलाई एनोनिमस समुहले रुस-युक्रेनको यस लडाईमा गरेको सबैभन्दा प्रभावशाली काम मानिएको छ । जब हामीमाथि समूहको गैरकानूनी गतिविधिलाई कसरी औचित्य दिने भनेर प्रश्न उठेको थियो, त्यसपछि रसियाका मानिसहरूलाई युद्धको बारेमा सही जानकारी दिने प्रयास गरेको यस समुहका सदस्यले बताएका छन् । तर, अबको केही दिनमा आफ्नो समूहले थप प्रभावकारी ह्याकिङ गर्ने काम गरिरहेको उनीहरुको दाबि छ ।

अर्कोतर्फ रुसका साइबर ह्याकरहरूले युक्रेनमा पनि साइबर हमला गरिरहेका छन् तर उनीहरूले यो काम थोरै मात्रामा गरिरहेका छन् ।

युक्रेनमा जनवरीदेखि तीनवटा प्रमुख डीडीओएस आक्रमण भएको छ। यसबाहेक ह्याकिङका तीनवटा गम्भीर घटना पनि भएका छन् । त्यस्तै गत बुधवार, युक्रेनको एक टिभी च्यानल युक्रेन २४ मा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको डीपफेक भिडियो पोस्ट गरिएको थियो । च्यानलको वेबसाइट ह्याक भएको थियो ।

एनोनिमस समुहको सबैभन्दा ठुलो कमजोरी जो कोहीले पनि एनोनिमस समुहसँग सम्बन्धित भएको दाबी गर्न सक्छ, जस विरुद्ध आफुहरु लडिरहेको उनीहरुले बताएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै