• २०८१ बैशाख १६ आइतबार

प्याब्सनको महाधिवेशन सुरु

kharibot

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गरेका छन् ।

आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भैसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् ।

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । 

महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि सहभागि छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै