• २०८१ बैशाख २० बिहीबार

रुसलाई जी-२० बाट बाहिर नराख्न चीनको चेतावनी

kharibot

काठमाडौँ । विश्वका शक्तिशाली राष्ट्रहरूको समूह जी–२० बाट रुसलाई बाहिर राख्ने पश्चिमी देशहरूको विचारप्रति चीनले कडा प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेम्बिनले बुधबार पत्रकार सम्मेलनमा जी–२० मा कुनै पनि देशलाई अन्य देशलाई बहिष्कार गर्ने अधिकार नभएको बताएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र अन्य पश्चिमी देशहरूले रुसलाई जी-२० बाट बाहिर निकाल्ने विचार गरिरहेका छन् ।

रिपोर्टमा पोल्याण्डले मंगलबार अमेरिकी अधिकारीहरूलाई रुसको सट्टा यस समुहमा आफुलाई सुझाव दिएको थियो र उनीहरूले यसमा 'सकारात्मक जवाफ' पाएका थिए ।

जी-२० विश्वका ठूला अर्थतन्त्रहरूको समूह हो जसले विश्वलाई असर गर्ने विषयहरू जस्तै विश्वव्यापी अर्थतन्त्र, जलवायु परिवर्तन र विकासमा मिलेर काम गर्ने लक्ष्य राख्छ ।

यदि रुस बाहिरियो भने, यो पश्चिमाद्वारा लगाइएको आर्थिक प्रतिबन्धमा अर्को वृद्धि जस्तै हुनेछ । यद्यपि यस्तो निर्णय भएमा भारत, चीन र साउदी अरब जस्ता जी-२० राष्ट्रहरूले यसमा रुसको समर्थनमा भिटो गर्न सक्ने पनि बताइएको छ ।

केहि विश्लेषकहरुले जी-८ बाट रुसलाई निकाले जस्तै यसले त्यस्तो ठुलो अर्थ नराख्ने विश्लेषण पनि गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै