• २०८१ बैशाख २१ शुक्रबार

एसबिआई बैंकको आयोजनामा बैंकिंङ क्षेत्रमा साइबर सुरक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न

kharibot

काठमाडौँ ।  नेपाल एसबिआई बैंकले बैकिङ क्षेत्रमा साइबर सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख महाप्रबन्धक तथा समुह प्रमुख सुचना सुरक्षा अधिकारी अनिल कुमार सिंह भण्डारीले भारतीय बैकिङ क्षेत्रमा साइबर सुरक्षाको वर्तमान अवस्थालाई प्रकाश पार्दै आफ्ना अनुभवहरु साझा गरेका थिए ।

कार्यक्रममा भारतीय स्टेट बैंकका महाप्रबन्धक (आईटी–फोरेन अफिसेस तथा आईटी– ट्रेजरी) पुर्वांग नविनचन्द्र शाह, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका उप निर्देशक सौरभ पोख्रेलको उपस्थितीका साथै अन्य वाणिज्य बैंकका सुचना सुरक्षा अधिकारी तथा आईटी प्रमुखको सहभागिता थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै