• २०८१ बैशाख २१ शुक्रबार

जगदम्बा स्टील्सले ल्यायो ग्याल्भा+ र सुपर शाइन नेपाली बजारमा : पहिलो पटक तेस्रो देश निर्यातको थालनी

kharibot

काठमाडौँ ।जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा+ र सुपर शाइन प्रस्तुत गरेको छ । कम्पनीले केही समय अघि मात्र सिमरा स्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरु गरेको हो । 

जगदम्बा ग्याल्भा+ नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंक कोटिङ भएको उत्पादन हो । जगदम्बा ग्याल्भा+ पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ठ उपकरणको प्रयोग छ जसले घरको लागि उच्चतम सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरुप सुनिश्चित गर्दछ ।

जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बा स्टिलका उत्पादनहरु, जगदम्बा सुपर शाइना र ग्याल्भा+ रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।

जगदम्बा ग्याल्भा+को प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता हो । जगदम्बा ग्याल्भा+ एन्टी–कोरोजन प्रविधि सहित निर्माण गरिएको हो जसले पाताको प्रारम्भिक क्षति रोक्दछ र यसलाई टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्दछ । 

अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम–जिंक कोटिङ भएको जगदम्बा ग्याल्भा+ उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जसतो प्रतिकूल मौसममा पनि दीर्घकालिन सुरक्षा प्रदान गर्दछ । भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा+मा रहेको हुन्छ । उच्च आर्द्रता भएको क्षेत्रमा ग्याल्भा+ले सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्दछ ।

जगदम्बा ग्याल्भा+ले पातामा अधिक तौल थप्दैन र उच्च मजबुती र वजन अनुपात कायम राख्दछ । स्टील जत्तिकै यसको कोटिङ पनि कडा र टिकाउ हुन्छ । 

जगदम्बा सुपर शाइन, प्रिमियम रंगद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रंग प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्दछ जसले थप सुरक्षा प्रदान गर्दछ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्दछ। अन्य कम्पनीका साधारण पेन्ट कम समयमै फिका हुँदै जान्छ र १–२ वर्षमा छाना पुरानो देखिन थाल्छ । यस प्रविधिले धेरै वर्षसम्म छानालाई नयाँ राखी घरलाई अतिरिक्त सौन्दर्य प्रदान गर्ने सुनिश्चित गर्दछ ।

गुणस्तरीय उत्पादन पुर्याउने उद्देश्यले जगदम्बा ग्याल्भा+ विस्तृत गुणस्तर परीक्षणहरूको माध्यमबाट प्रशोधन गरिएको छ । जगदम्बा सुपरशाइनको सतहमा एक सुरक्षात्मक “गार्ड फिल्म“को  प्रयोग गरिएको छ जसले गर्दा ढुवानी र  भण्डारणको समयमा सम्भावित क्षतिलाई रोक्न मद्दत गर्छ । पर्यावरण मैत्री सामग्री एवं पर्यावराण मैत्री उत्पादन प्रक्रिया मार्फत जगदम्बा ग्याल्भा+ र जगदम्बा सुपर शाइन उत्पादन हुन्छ । 

ग्याल्भा+को प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण जस्तै वाशिङ मेशीन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ । साथै अन्य कार्यहरू जस्तै एयर डक्ट, लाइटिङ, कम्प्युटर केसिङ आदिमा प्रयोग हुन्छ । 

जगदम्बा स्टील्सले विभिन्न प्रकारका स्टील उत्पादन बजारमा ल्याई उत्पादन विविधिकरणको कोशेढुङ्गा पार गरिसकेको छ । साथै, यस कम्पनीले देशको माग अनुसार उत्पादन क्षमता विस्तार गर्नुको साथै रोजगारी सिर्जनाको सन्दर्भमा देशलाई थप आर्थिक सहयोग प्रदान गर्दै कुल घरेलु उत्पादन तथा कर योगदानमा पनि विशेष सहायता दिँदै आएको छ । 

हाल जगदम्बा स्टील्सले एक लाख ३२ हजार टन प्रतिवर्ष (०.३५ ह १२५०) ग्याल्भा+ र एक लाख दस हजार टन प्रतिवर्ष (०.३५ ह १२५०) सुपर शाइन उत्पादन गर्दै आएको छ।

प्रतिष्ठित निर्माण समूह शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसीटी छ। साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै