• २०८१ बैशाख १७ सोमबार

कंगोमा विद्रोहीको हमलामा घाइते नेपाली शान्ति सैनिकको मृत्यु

kharibot

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो ।

विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिक सुर्खेतको गुर्माकोट-१४ निवासी अनिल गुरुङ भएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले घाइते गुरुङको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ । 

राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।

महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । 

शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै