• २०८१ जेठ ४ शुक्रबार

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त  

kharibot

काठमाडौँ  । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएको छ । बैंक संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । 

न्यौपाने यस अघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । न्यौपानेले लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका हुन् । हिमालयन बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडमा काम गरिसकेका उनीसँग करिब १७ वर्षको बैंकिङ्ग कार्यानुभव छ । उनले सनराइज बैंकमा कर्पोरेट बैंकिङ हेड भएर पनि काम गरिसकेका छन् ।

काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै