काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी ले पार्टीका गतिविधिबारे जनसाधारणलाई जानकारी दिन वेबसाइट शुरु गरेको छ ।
पार्टीले आजदेखि सञ्चालनमा ल्याएको www.unitedrppr.org नामक वेबसाइटमा देशभर सञ्चालन गरिएका गतिविधिलाई समाचारका रुपमा राखिने छ ।
वेबसाइटको आरम्भ पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले गरेका थिए ।
सो अवसरमा उनले आफ्नो पार्टीले देशमा व्याप्त भ्रष्टाचार न्यून गर्न दवावमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।