• २०८१ बैशाख १६ आइतबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको बुटवल र भरतपुरमा एजेन्ट मीट सम्पन्न

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत बैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक-एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको बुटवल र भरतपुरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै 'जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस'  भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै