• २०८१ बैशाख १७ सोमबार

डिशहोम फाइबरनेटको सेवा दाङको तुलसीपुरमा

kharibot

काठमाडौँ । डिशहोम फाइबरनेट सेवा तुलसीपुर, दाङ्मा सुरुवात भएको छ  । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, बिराटनगर , नेपालगञ्ज, धनगढीमा, सुर्खेत सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोमले छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने भएको छ । 

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  

डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । 

फाइबरनेटका योजनाहरु १० एमबीपीएस  देखि ६००  एमबीपीएस सम्म उपलब्ध छन् । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै