• २०८१ बैशाख १५ शनिबार

आईपीएल- कसले जित्ला ‘पर्पल क्याप’ ?

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू जारी छन् । लिगमा हरेक दिन रोमाञ्चक खेल देख्न पाइन्छ । आईपीएलको अन्तिममा प्रत्येक साल सबैभन्दा धेरै विकेट लिने बलरलाई ‘पर्पल क्याप’ दिने प्रचलन छ । यसपटक समेत खेलाडी ‘पर्पल क्याप’ का लागि दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् । 

यसपटक ‘पर्पल क्याप’को दाबेदारमा युजवेन्द्र चहल देखिएका छन् । तर, उनलाई टक्कर दिनेमा अन्य खेलाडीसमेत छन् । 

यस सिजन ‘पर्पल क्याप’का दावेदार देखिएका पाँच खेलाडी :  

युजवेन्द्र चहल 

यस वर्ष-२०२२ मा ‘पर्पल क्याप’ को दाबेदारमा सबैभन्दा अघि आउँछन् युजवेन्द्र चहल । राजस्थान रोयलका युजवेन्द्र चहलले ६ खेलमा १७ विकेट लिइसकेका छन् । भारतीय राष्ट्रिय टोलीका सदस्यको औसत सात दशमलव तीन रहेको छ । 

कुलदीप यादव

भारतीय खेलाडी चहललाई  यस सिजन दाबेदारीमा प्रतिस्पर्धा उनैकै टिम साथी कुलदीप यादवले दिएका छन् । दिल्ली क्यापिटल्सका कुलदीप सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन् । उनले हालसम्म ६ खेलमा १३ विकेट हात पारेका छन् । कुलदीपको औसत ८ रहेको छ । 

टी नटराजन

आईपीएल सिजन–२०२२ मा सनराइजर्स हैदराबादका स्टार बलर टी नटराजनले उत्कृष्ट प्रदर्शनलाई जारी राखेका छन् । नटराजनले ६ खेलमा १२ विकेट आफ्नो नाममा लेखाएका छन् । भारतीय बलर नटराजनलाई समेत ‘पर्पल क्याप’ का दाबेदारीमा राखिएको छ । 

वानिन्दु हसरंगा

जारी आईपीएलमा सबैको ध्यान केन्द्रित गर्न सफल भएका छन् वानिन्दु हसरंगाले । श्रीलंकाका बलर रोयल च्यालेन्ज बैंगलोरका लागि खेल्ने गर्छन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका नटराजनले सात खेलमा ११ विकेट लिएका छन् । 

आवेश खान

अघिल्लो सिजन ‘पर्पल क्याप’को दाबेदारीमा दोस्रो स्थानमा थिए आवेश खान । यस सिजनसमेत उनी आफूलाई दाबेदारीको सूचीमा राख्न सफल भएका छन् । जारी लिगमा ७ खेल खेलका उनले ११ विकेट लिएका छन् । लखनउ सुपर जायन्टसका लागि खेलिरहेका आवेशको प्रदर्शन दिन प्रतिदिन उच्च रहँदै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै