• २०८१ बैशाख २८ शुक्रबार

डब्ल्युएचओका महानिर्देशकद्वारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन

kharibot

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अवलोकन गरेका छन् । 

प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार डब्ल्युएचओका महानिर्देशक टेड्रोसले जीन सिक्वेन्सिङ प्रयोगशालाको र पिसिआर मेसिनको अवलोकन गरेको बताए । डब्लुएचओको सहयोगमा जीन सिक्वेन्सिङ प्रयोगशालाको स्थापना गरिएको थियो ।

जीन सिक्वेन्सिङ प्रयोगशालाको नेपालमा नै स्थापना गरेपछि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि विदेश पठाउनु पर्ने वाध्यता हटेको छ । यसअघि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि थाइल्याण्ड, हङकङ, भारतलगायत देशमा लैजानु पर्ने थियो ।  

उनले आजै नै टाइफाइड विरुद्धको खोप अभियानको ललितपुरस्थित पाटन माध्यमिक पुगेर अवलोकन गरे । उनी भोलि वैशाख १० गते फर्किने कार्यक्रम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै