• २०८१ बैशाख १६ आइतबार

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

kharibot

कम्पाला । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

शुक्रबार सोबारे  ट्वीट गर्दै सङ्गठनले  उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ ।

"यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ," डब्लुएचओ कार्यालयका घटना प्रबन्धक चार्ल्स न्जुगुनाले उल्लेख गरेका छन् ।

स्वास्थ्य मन्त्री रुथ एसेङ्गले देशले सामना गरिरहेको इबोला प्रकोप बाहेक युगान्डाको जीवनलाई खतरामा पार्ने अन्य स्वास्थ्य आपतकालहरू पनि रहेको बताइन् ।

एसेङले डब्ल्यूएचओको सहयोगले प्रभाव विरुद्धको लडाइलाई बलियो बनाउन मद्दत गर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै