काठमाडौँ । लियोनेल मेसीको एक जर्सी साढे ४ लाख डलरमा बिक्रि भएको छ ।
मेसीले आफ्नो क्यारियरको ५००औँ गोल गर्दा लगाएको जर्सी अनलाइन अक्सनमा हालै साढे ४ लाख डलरमा बिक्रि भएको हो ।
मिडिया रिपोर्टका अनुसार मेसीले २०१७ मा भएको एल क्लासिकोमा गरेको गोल, जुन उनको क्यारियरको ५०० औँ गोल थियो, सो गोल गर्दा लगाएको जर्सीको अन लाइन अक्सनमा साढे ४ लाख डलरमा बिक्रि भएको हो ।
मेसीले सो गोल गरेपछि आफ्नो जर्सी निकालेर रियल म्याड्रिडका फ्यानलाई देखाउदै गोलको सेलिब्रेशन गरेका थिए ।
सो जर्सीलाई 'अनिशफुटबोल' ले अनलाइन अक्सन गरेको हो ।