• २०८१ बैशाख १७ सोमबार

मेसी बिना इन्टर मियामी पराजित

kharibot

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान सम्पन्न खेलमा मोन्टेरेयले इन्टर मियामीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

मोन्टेरेयको जितमा म्याक्सिमिलीयानो मेजा र जर्ज रोड्रीगुएजले एक एक गोल गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल थोमस आल्भेजले गरेका थिए ।

त्यसैगरी इन्टर मियामीका डेभिड रुइजले खेलको ६५औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा पनि लियोनेल मेसी खेलेका थिएनन् । इन्जुरीका कारण मेसी पछिल्ला खेलहरुमा मैदान बाहिर रहेका छन् । उनी कहिलेदेखि खेलमा फर्किन्छन् भन्ने स्पष्ट रहेको छैन । 

अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल ११ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै