• २०८१ बैशाख १५ शनिबार

सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा एमाले विजयी

kharibot

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छन् । 

मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका छन्  ।

आज दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गरेका छन् ।

उनका निकतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार शेर्पाले दुई हजार ६७६ मत मात्र ल्याएका छन् । 

त्यस्तै उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी भएकी छन् । कांग्रेसका शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दे उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी भएकी छन्  ।  

उपप्रमुख चार हजार ११० मत ल्याएर विजयी भएकी हुन् ।  उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पासाङ शेर्पाले तीन हजार २२८ मत पाएका छन् ।

मादी नगरपालिकामा यसअघि प्रमुख उपप्रमुख नै एमालेले जितको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै