• २०८१ बैशाख २६ बुधबार

सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

kharibot

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको मकालु गाउँपालिका–२  लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ ।

आगलागीबाट मकालु–२  लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।

आगलागीबाट करिब रु २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए । 

आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए ।

गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै